दाहाल सेवा समाज नेपाल

दाहाल सेवा समाज नेपाल

स्थापित २०६०

अन्नपूर्ण-१, कास्की


स्वागतम्
दाहाल सेवा समाज नेपालले आफ्ना सम्पुर्ण अभिलेख , बशावलि बशंबृक्ष समेतलाई डिजिटल बनाई आफ्नै वेब साईटमा सामाबेश गर्नेकाम भईरहेकाे हुदा याे प्रारम्भिक समयमा आफ्नाे बंशावलि किताममा छुट हुन गएकाे बिवरण तथा सुधार अन्य बिषयहरु लिखित रुपमा आफ्नाो स्थानिय समिति मार्फत कार्यसमिति सदस्यहरूलाई जानकारि गराउनु हुन समाज हार्दिक अनुराेध गर्दछ । धन्यवाद दाहाल सेवा समाज नेपालले आफ्ना सम्पुर्ण अभिलेख , बशावलि बशंबृक्ष समेतलाई डिजिटल बनाई आफ्नै वेब साईटमा सामाबेश गर्नेकाम भईरहेकाे हुदा याे प्रारम्भिक समयमा आफ्नाे बंशावलि किताममा छुट हुन गएकाे बिवरण तथा सुधार अन्य बिषयहरु लिखित रुपमा आफ्नाो स्थानिय समिति मार्फत कार्यसमिति सदस्यहरूलाई जानकारि गराउनु हुन समाज हार्दिक अनुराेध गर्दछ । धन्यवाद

नेपालमा प्रकाशित वंशावली


नेपालमा विभिन्न जाति समुदायले वंशावली प्रकाशित गरिसकेका छन्, जस्तैः बराल वंश – दर्पण २०३४ कवितात्मक ढंगले श्लोकमा प्रस्तुत गरिएको छ । रायमाझीको वंशावली २०५० प्रकाशित भएको छ । उक्त वंशावलीमा गोत्र, प्रवर, पुख्र्यौली, कुल धर्म, कुल देवताको पूजाविधि, रायमाझीका ऐतिहासिक कुरा, वंशवृक्ष सूची आदि उल्लेख गरिएको छ । शाहवंशीय वंशावली, कुँवर राणा वंशावली २०५३ नेपालको राजनैतिक इतिहासमा (यादव, २०५३ ः ३८४–३८६) वंशवृक्ष मात्र समावेश गरी प्रकाशित गरिएको छ । खनाल वंशावली २०५५ मा प्रकाशन आएको छ । यसमा विभिन्न जिल्लाका खनालहरुको वंशावली प्रस्तुत गरिएको छ । साथै कुलदेवताको पूजाविधि, कर्मकाण्डसम्बन्धी, ख्यातीप्राप्त खनाल, बाङ्मय क्षेत्रका खनाल र केही महŒवपूर्ण चित्रावलीसमेत समेटिएको छ । काश्यप गोत्रीय अधिकारी वंशको इतिहास २०६० प्रकाशित भएको छ । तर यो वंशावलीमा खास वंशवृक्ष बनाई प्रस्तुत गरिएको छैन । यस काश्यप गोत्रीय अधिकारी वंशको इतिहास, विभिन्न अधिकरी, विद्वान्हरुले लेखेका लेखहरु समावेश गरिएको छैन । जस्तै ः डा. सूर्यमणि अधिकारीको वंशको प्रादुर्भाव र विस्तार, योगनाथ अधिकारीको मकै पर्वका शहीद कृष्णलाल अधिकारी र विश्वेश्वरमान श्रेष्ठको प्रधानमन्त्री मनमोहन अधिकारीः एक स्मरण जस्ता लेखहरु समावेश गरिएको देखिन्छ । पौडेल वंशावली २०६० प्रकाशित भएको छ । यो वंशावलीको व्यापक रुपमा अध्ययन गरी देशव्यापी रुपमा पौडेलहरुको वंशावली सङ्कलन गरी प्रकाशित गरिएको छ । यसमा हरेक जिल्लाका पौडेलहरुको वंशवृक्ष बनाई प्रस्तुत गरिएको छ । बानिया वंशको नालीबेली २०६२ प्रकाशित भएको छ । यो वंशावलीमा बानिया वंशको चिनारी, बानिया थरको उत्पति र विकास, बानिया वंशको इतिहास, बानिया वंशको वर्तमान अवस्था, बसोबासका स्थलहरु बसोबासका क्षेत्र, सामाजिक पक्ष, संस्कारहरु, चाड पर्व, समाज सेवाको विभिन्न क्षेत्रमा संलग्नता, राजनीति, साहित्य, वंशावली खण्ड हरेक जिल्ला र जिल्लाभित्रका गाउँको छुट्टा छुट्टै वंशवृक्ष बनाइ समावेश बनाइएको छ । काफ्ले वंशको वंशावली २०६५ मा प्रकाशित भएको छ । यो वंशावलीको देशभरका काफ्लेहरुको वंशवृक्ष समावेश गरिएको छ ।

दाहाल वंशावली २०६५ सालमा विराटनगरका दाहालहरुको वंशावली प्रकाशित गरिसकेका छन् । सो वंशावलीमा नेपालका ३० जिल्ला र भुटान, सिक्किम, बर्मा, असाम र कलकत्ताका दाहाल वंशको वंशावली समावेश गरी प्रकाशित गरिएको छ (दाहाल वंशावली, २०६५) । तर त्यसमा कास्की, तनहुँ, गोखरा र स्याङ्जा, नवलपरासी, बाके लगायतका जिल्लाका दाहालहरुको वंशावली समावेश गरेको पाइएन । सो वंशावली लताको रुपमा प्रस्तुत गरिएको छ । दाहालहरुको मूलदेवता शिव र दाहाल वंशका पञ्चप्रवर च्यवन, भृगु, आप्नुवान, और्व, जमदग्निका फोटोहरु समावेश गरिएको छ । साथै मुख्य सङ्कलकहरु सम्पादक मण्डल, दाहाल सेवा प्रतिष्ठानको कार्यसमितिका वर्तमान पदाधिकारीहरुो फोटो राखिएका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शुभकामना राखिएको छ । दाहाल वंशावलीको लेखरचना खण्ड अन्तर्गत प्रा. बालकृष्ण पोखरेल, पूर्णप्रकाश नेपाल यात्री, आचार्य खेमराज, केशवशरण दाहाल लगायत ६ जनाका लेख समावेश गरिएको छ । दोस्रो वंशलता खण्ड १२ भागमा प्रस्तुत गरिएको छ । तेस्रो अनुसूची खण्डमा अभिलेख (लिखत प्रमाणहरु), सङ्कलन श्री चन्द्रकान्त दाहाल लगायतको जीवन, दाहाल सेवा प्रतिष्ठान, विराटनगरको परिचय र दाहाल वंशाका अन्य विभिन्न संस्था तथा समितिको परिचय राखिएको । फोटो फिचर समेत गरेर जम्मा ३० वटा शीर्षक समावेश गरिएको छ । झट्ट हेर्दा निकै आकर्षक र अन्य प्रकाशित वंशावली भन्दा कम छैन । वत्स गोत्र दाहाल थर भएका सम्पूर्ण वंशजहरुको वंशावली समेट्ने प्रयास यो ग्रन्थमा भएको छ । झट्ट हेर्दा निकै आकर्षक र अन्य प्रकाशित वंशावलीभन्दा कम छैन । वत्स गोत्र दाहाल थर भएका सम्पूर्ण वंशजहरुको समेट्ने प्रयास यो ग्रन्थमा भएको छ । भनी दाहाल सेवा प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद शर्मा दाहालले मन्तव्य दिनुभएता पनि गण्डकी अञ्चलमा कास्की, स्याङ्जा, तनहुँ र गोरखा तथा नवलपरासी र बाँके लगायतका जिल्लामा दाहालहरुको वंशावली समावेश नगरी प्रकाशित भएको वंशावलीलाई सम्पूर्ण भन्न मिल्दैन । दाहालहरुको गोत्रपुरूष वत्स ऋषि हुन् (दाहाल, २०६५.१०) । उनी भृगु कुलका ऋषि हुन् । वत्सगोत्रीय दाहाल बन्धुहरुले मूल पुर्खाहरुमध्ये प्रमुख रुपले सम्झिने गरिएका दासु भट्ट (दाहाल, २०६५ः११) वत्स गोत्रीय दासु भट्टले बुढागाउँ र दाहागाउँ बिर्ता प्राप्त गरे (नेपाल, २०६५ः९) । दाहाल वंशावलीअनुसार उक्त दहगाउँ दैलेखमा रहेको छ । दहगाउँ स्थित दाहालहरुका कुलदेवता अग्निेवतालको मन्दिर छ ।

स्रोतः दाहाल वंशावली (प्रथम संस्करण)बाट साभार

हाल विभिन्न थरमा जातले आफ्नो वंशावली प्रकाशित गरेका छन् । जस्तोः पराजुली, पौडेल, अधिकारी तिमिल्सिना सुबेदी आदी