दाहाल सेवा समाज नेपाल

दाहाल सेवा समाज नेपाल

स्थापित २०६०

अन्नपूर्ण-१, कास्की


स्वागतम्
दाहाल सेवा समाज नेपालले आफ्ना सम्पुर्ण अभिलेख , बशावलि बशंबृक्ष समेतलाई डिजिटल बनाई आफ्नै वेब साईटमा सामाबेश गर्नेकाम भईरहेकाे हुदा याे प्रारम्भिक समयमा आफ्नाे बंशावलि किताममा छुट हुन गएकाे बिवरण तथा सुधार अन्य बिषयहरु लिखित रुपमा आफ्नाो स्थानिय समिति मार्फत कार्यसमिति सदस्यहरूलाई जानकारि गराउनु हुन समाज हार्दिक अनुराेध गर्दछ । धन्यवाद दाहाल सेवा समाज नेपालले आफ्ना सम्पुर्ण अभिलेख , बशावलि बशंबृक्ष समेतलाई डिजिटल बनाई आफ्नै वेब साईटमा सामाबेश गर्नेकाम भईरहेकाे हुदा याे प्रारम्भिक समयमा आफ्नाे बंशावलि किताममा छुट हुन गएकाे बिवरण तथा सुधार अन्य बिषयहरु लिखित रुपमा आफ्नाो स्थानिय समिति मार्फत कार्यसमिति सदस्यहरूलाई जानकारि गराउनु हुन समाज हार्दिक अनुराेध गर्दछ । धन्यवाद

दाहाल सेवा समाजको परिचय


समय बित्दै जाँदा मानव जातिको धेरै पक्षमा विकास भएको पाइन्छ । समयको गतिसँग मानवमा आएको चेतनाले हरेक कुरा सम्भव भएको देखिन्छ । समाज अलिकति सभ्य भएपछि धेरै कुराको विकास भएको देखिन्छ । मानिसलाई समाजमा मिलेर बस्नुपर्छ भन्ने भावनाले उसलाई आफ्ना वंश, गोत्र, समुदायका बारेमा केही गरौँ भन्ने भावनाले वंशावली लेख्ने बारेमा विभिन्न प्रयासहरु भएको देखिन्छ । नेपालमा दाहालसँग आवद्ध धेरै नै संस्थाहरु देखिएता पनि हाल आएर चारओटा संस्था दाहाल सेवा समाज नेपाल, दाहालबन्धु अध्ययन प्रतिष्ठान, दाहाल रुपाखेती दाहाल कुल कल्याण प्रतिष्ठान, दाहान प्रतिष्ठान (हालै चितवनमा पनि दाहाल कल्याणकारी समाजको गठन भएको छ) रहेका छन् ।

नेपाललाई ४ वर्ण ३६ वर्णको फूलबारी पनि भन्ने गरिन्छ । नेपालको उत्तरी हिमालको काखमा शेर्पा, थकाली, भोटे र अरु जनजातिहरुको बसोबास रहेको पाइन्छ । उच्च पहाड र पश्चिम पहाडी क्षेत्रमा ब्राम्हण, क्षत्री, गुरूङ, मगर, ठकुरी, दलित वर्गका र जनजाति बसोबस गर्दछन् । नेवारहरु मुख्य गरी काठमाडौं उपत्यका र नेपालभरका शहरी क्षेत्रमा छिटफुट रुपमा बसोबार गर्दछन् । राई, लिम्बु, पूर्वी पहाडी क्षेत्रमा र तराइको समथर मैदानमा थारू, राजवंशी, सत्याल, धिमाल, आदिवासी जनजाति बसोबास गर्दछन् । नेपालका विभिन्न जातिहरुलाई ब्राम्हण, क्षत्री, वैश्य र शुद्र गरी चार वर्णमा विभाजन गरेको पाइन्छ । ब्राम्हणभित्र पनि उपाध्यय ब्राम्हण र जैसी ब्राम्हण गरी दुई भागमा राखिएकोसमेत पाइन्छ । ब्राम्हण जातिभित्र गोत्र र त्यसभित्र विभिन्न थरहरु जस्तैः अधिकारी, भण्डारी, पराजुली, त्रिपाठी, पौडेल, ढकाल, दाहाल, नेपाल, ढुंगेल, भुसाल, आदि रहेको पाइन्छ । तीमध्ये दाहाल ब्राम्हण जातिभित्रको एक थर भएको समुदाय हो । नेपालमा दाहाल समुदायका मानिसहरु विभिन्न जिल्लाहरुमा रहेको देखिन्छ (प्रथम संस्करणबाट साभार गरिएको) ।

यी संस्थाहरुले आफ्नो आफ्नो वंशावली निकालीसकेका छन् । दाहाल सेवा समाजले पनि प्रा.डा.गिरधारी दाहाल अध्यक्ष हुँदा वि.सं. २०६७ मा वंशावलीको पहिलो संस्करण प्रकाशित गरिसकेको छ । यो दाहाल सेवा समाजको वंशावली पुस्तकको दोस्रो संस्करण हो ।

वंशावली भन्ने शब्द प्राचीन शब्द हो । यसको सुरूवात निकै लामो समयदेखि चलिआएको देखिन्छ । वंशका आदिम पुरूषदेखि आजसम्म वंश परम्परा नै वंशावली हो । वंश भनेको परिवार कुल, खानदान, खलक वा सन्तानको लहरो हो । वंश र आवली शब्द मिलेर वंशावली शब्द बनेको छ । बृहत् नेपाली शब्दकोशका अनुसार वंश भनेको मानिस वा त्यस जातिका सन्तान, सन्तानका परम्परा, कुल खलक आदि हो । सोही शब्दकोशले आवली अर्थ ताँती लहर, पंक्ति बताएको छ । यसरी शब्दकोशले बताएअनुसार वंशावली भन्नाले कुनै वंशको मुल पूर्खादेखि हालसम्मको सन्तानको विवरण वंशको विस्तार पुर्खौलीको वंश परम्परा भनिन्छ । वंशको मुल पुरूषदेखि वर्तमान समयसम्मको शाखासन्तानको क्रम मिलाएर लेखिएको तालिका वंशवृक्ष हो । अर्को शब्दमा भन्नुपर्दा छोरा, छोरी, नातिनातिना, पनातिपनातिना, खनातिखनातिना आदि अवरोही सन्तति सहित एउटा विशाल परिवार पारिवारिक संगठन हो । वंशलाई अंग्रेजीलाई ऋबिलल भनिन्छ । यो शब्द क्ष्चष्कज भाषाको ऋबिलल बाट आएको हो । जसको अर्थ छोराछोरी एवं सन्तान भन्ने बुझिन्छ । वंश गठनमा शाखा सन्ततिहरु आफ्ना पुर्खाहरुको विरासतमा रहन्छन् । यसमा सन्ततिबाट पुर्खातर्फ आरोही ९ब्कअभलमष्लन० मर्यादाक्रम लहरो झैँ उक्लँदै जान्छ । प्राचीन परम्पराका आधारमा वंश गठनलाई पिताको पिँढीबाट कायम गरेको पाइन्छ । वंश सदस्यलाई सपिण्डी ९क्ष्उ० भनिन्छ ।

समान्यतया निश्चित वंश समुदायमा सामाजिक आर्थिक सांस्कृतिक परम्परा विशिष्ट प्रकारका हुन्छन् । जसले वंशका सम्पूर्ण सदस्यलाई एकताको सूत्रमा बाँधेको हुन्छ । निश्चित वंशहरु सामान्यतया एउटै समुदायमा बसेको पाइन्छ ।

गोत्र


गोत्र भन्नाले प्रवर्तक ऋषिमुनीबाट चलिआएको पुर्खौली चिनाउने उपनाम (कौडिन्य, काश्यप, वसिष्ठ) वंश, भारद्वाज कुल, पुख्र्यौली, जाति, वर्ग, सन्तान, नाम, संज्ञा गाईलाई रक्षा गर्ने व्यक्ति गोरक्षक, पृथ्वी, वंशावली प्रवर्तक गोत्र चलाउने वंशका आदि पुरूष मानिने (वसिष्ठ, भारद्वाज, काश्यप, अत्रि, विश्वामित्र, गर्ग) वशिष्ठ गोत्र आदि) । (पोख्रेल, २०४०ः३५४) गोत्र भनेको वंशका प्रवर्तक ऋषि, मुनि आदिका नामबाट चलिआएको पुख्र्यौली वंश (काश्यप गोत्र, वशिष्ठ गोत्र आदि) । खास विशिष्ठ व्यक्तिको नामबाट चलेको कुल वा पुख्यौली गोत्र प्रर्वतक, गोत्र चलाउने वंशको आदि पुरूष, अत्रि, भारद्वाज, कश्यप, वशिष्ट) आदि ऋषि (आधिकारी २०६३ः२६०–२६१) माथिका परिभाषालाई केलाउँदा गोत्र भनेको पुर्खाको परिचयको शब्द हो । यो शब्द वंश चलाउने मुल पुरूष वा आदि पुरूष मानिस हो । २०६७ सालको पात्रोमा २४ ओटा गोत्रहरु समावेश गरिएको छ । (ढङ्गेल २०६७.७५) । यी गोत्रमध्ये वस्त गोत्र एक हो । दाहालहरुको वस्त गोत्र हो । त्यसैगरी अन्य गोत्रहरुमा अगस्ति, अत्रि, आत्रय, अङ्गिरस, उपमन्य, काश्यप, कौडिन्य, कौशिक, कृष्णञ्जली, कपिल, गर्ग, गौतम, घृतकौशिक, धनन्जय, पारशर, भारद्वाज, माण्डव्य, मोद्गल्य, वत्स, वशिष्ठ, विश्वमित्र, शाण्डिल्य, शौनक । (ढुङ्गेल, २०६७.७५)\nवंश प्रवर्तक ऋषिमुनिहरुबाट चलिआएको पुर्खौली चिनाउने कुल पुर्खौलीलाई गोत्र भनिन्छ । गोत्र भन्नाले आफ्नो मुल वंश वा खानदानको अर्थ बुझिन्छ । गोत्र भनेको मुदाय सूचक हो । व्यक्ति सूचक होइन । अर्को शब्दमा भन्ने हो भने गोत्र शब्दको अर्थ वंश प्रर्वतक वा पालनकर्ता अनि संरक्षणकर्ता हो । प्रवर भनेको श्रेष्ठ, मुख्य, प्रधान आदि हो । नेपाली शब्दकोश अनुसार प्रवर भनेको माथिल्लो तहको मुली वा गोत्र चलाउने ऋषि, निर्णय सिन्धु, धर्म सिन्धु, सतकर्म, रत्नावली आदि ग्रन्थहरुमा पनि प्रवर उल्लेख गरेको पाइन्छ ।

१) गोत्र र प्रवरले गर्दा हामी मानव समुदायलाई निम्न प्रकारको जानकारी गराई सचेत हुन सहयोग गर्दछ ।

२) थर गोत्र परम्पराको बोध सँगै विज्ञान सम्मत सह–गोत्रमा विवाह गर्न नहुने नियमहरुको पालना गर्न सहज हुन्छ ।

३) वर्ण धर्मको पालन गर्न प्रेरणा दिन्छ । शास्त्र विशुद्ध वर्ण साँकर्म दोषबाट बच्न सकिन्छ ।

४) आफ्ना लागि तोकिएको वेद, शाखा, गोत्र, प्रवर उपवेद, सूत्र, शिखा, पाद, देउता, आदिको बोध हुन्छ ।

५) सनातन गोत्र परम्परा जोगिन्छ । यसबाट आफ्ना पूर्वजहरुको व्यापक इतिहास र उच्चतम् आदर्शको स्मृतिसँग आफूलाई जोडेर आजीवन सत्मार्गमा प्रकट हुन अभिप्रेरित हुन्छ ।

६) कर्तव्य र अकर्तव्य निर्देशन गर्ने शास्त्रीय परम्परालाई अवलम्बन गर्ने सहज हुन्छ ।

मानव जातिको पहिचान गोत्र, प्रवर, थर, जाति आदिबाट बन्दै गएको पाइन्छ । आज हामी अपरिचित मान्छेसँग परिचय गर्दा उसको थर पनि परिचित हुन्छौँ । उसको थर सुरूमा कसरी निर्मित भयो भनेर जिज्ञासा पनि लाग्छ । गोत्र प्रवर र थरका सम्बन्धमा अध्ययन गर्दा के तथ्य पाइन्छ भने, गोत्रले सम्बन्धित वंशको मूल पुर्खा ऋषिको परिचय दिन्छ थर भनेको मुख्यतया बसोबास गरेको स्थान साथै पेसा र व्यवसाय विशेष प्रासङ्गिक काम कुरा आदिको आधारमा बोलाउने पहिचान गराउने गर्दा थरको विकास भएको देखिन्छ ।

दाहाल थरको उत्पत्ति


तेह्रौँ शतब्दीमा भारत वर्ष (भारत, वंगलादेश, वर्मा) मुसलमानहरुले हिन्दुहरुलाई ठूलो आव्रmमण गरे मुसलमानहरुको आव्रmमणबाट बच्न धेरै थरका हिन्दुहरुले आफ्नो धर्मरक्षा गर्न, केही विद्याभ्यास गर्न, कोही तपस्या गर्न, कोही शान्तमय जीवनयापन गर्न, केही बौद्धिक सभ्यता आदि विभिन्न राखी नेपालको कर्णाली प्रदेश लगायत विभिन्न हिमाली क्षेत्र र पहाडी भू–भागतिर पसेको विभिन्न ऐतिहासिक दस्तावेजले जानकारी दिन्छन् ।

त्यस्तै भारतको गुजरात अन्तर्गत वडा विहार (हालको बडोहरा) का राजपुरोहित रहेका सत्य भट्टका सुपुत्र डासु भट्टाको पालामा मुसलमान बादशाहको आक्रमणमा परी धर्म जोगाउन अन्यन्त्र पलायन हुने क्रममा नदीमा तिरतिरै कर्णाली नदी हुँदै हालको कालीकोट आई डासु भट्टले विश्राम लिए । (दाहाल बन्धु अध्ययन प्रतिष्ठान वंशावली, २०)

यस सन्दर्भमा योगी नरनाथले भन्नुभएको छ ।

दाहालहरुको मुलस्थली यहाँ,

‘पञ्चदेवालया भाग्ना दाहग्राम समियगे ।।

दाहाल कुल जातानाम् मूलस्यल्यामहैव ही ।।

जुविधायाम तथा न्यत्र सन्ति भाग्ना स्थलेस्थले

लिलानघा शिलासेतुपालकाले विनीर्मित ।।’

जुविया नजिकै तिला नदीको उत्तर किनार दाहाल कुलको मुलस्थली हो । जहाँ मनुकालिका अनेक शिलामय वास्तुकालका शिल्पहरु भग्नावशेष छन् । पञ्चदेवल, पायर लाउनली, शीला मण्डल, मकरास्य जलधार वाणी कुल्याकीर्ति स्तम्भ सतिस्तम्य आदि कोही जमिनमाथि केही जमिनमुनि लिन रहेका छन् । केही मृगृपात वर्षा नदीवाड आदि कारणले लिला नदीमा वगेको पाइन्छ । यो स्थिति जुविया गाउँ र अन्य गाउँहरुमा पनि छ । यसको अनुसन्धान र संरक्षण गर्न जरुरी छ । (आध्यात्म नेपाल और देवभूमि भारत ग्रन्थबाट साभार)

कर्णाली तिलायो समागम भवेत तिर्थान्ति कस्थायिनी मान्यहा मनुानविह निकटे साराजधानी स्थित ।।

कालीकुट कटाक्षिते क्षितिमला श्री श्रञ्जमा मञ्जुले ।।

दाहाग्राम पहास्ति सस्त विभको दाहाल मुलस्थली ।

रुपाखेती दाहाल


विलासपुरे दुलाल राजाहरुको इतिहास वि.सं. १२०० देखि १९०० सम्म रहेको कुरा जानकारी पाइन्छ भने त्यस बेलाका राजका गुरू, पुरोहित, धार्मिक गरू हाम्रा वंशज नै थिए । विलासपुर राज्यका विलासपुरे राजाले राज्य गर्दथे । तिनै राजाहरुमध्ये एक राजाले यज्ञ गर्ने योजना बनाए । यज्ञ सम्पन्न गर्न विभिन्न धार्मिक गुरू तथा ब्राम्हणहरुलाई निम्तो पठाए यज्ञ विधिवत् रुपमा सुरू भयो । यज्ञ सुरू गर्दा ब्राम्हणहरुले बत्ती बाल्नुपर्दथ्यो । तर तीमध्ये एक ब्राम्हणले वेद वाचन गर्दा गर्दै बत्ति आफैँ बल्यो रे ! सो यज्ञमा चाँदी नै अग्नि बौद्धिक मन्त्र उच्चारण गर्ने कार्यमा यिनै वत्स गोत्रीय ब्राम्हणलाई रात्रिदेखि आफ्नो समीप्यमा राख्ने विचार गरे । दरवारकै नजिक रहेको रोपिराखेको खेत विर्ता दिए । त्यसपछि त्यस रुपाखेतमा बसोबास गर्ने दाहाललाई रुपाखेती दाहाल भन्न थालियो । (कृष्ण प्रसाद दाहाल, रुपाखेती वंशावली २०६८) यसरी बसोबास गरकेो हुँदा रुपाखेती भन्ने प्रचलन बसेको पाइन्छ ।

रुपाखेत सम्बन्धमा निम्न भनाइ र श्रुति रहेको पाइन्छ ।

१) दैलेख मालपोत कार्यालयमा रुपाखेत भन्ने जग्गा पहिला गरी आएका छन् ।

२) दैलेख यस्तो जिल्ला हो जहाँबाट विभिन्न थर चलन चल्यो । जस्तो दल्लु दह गाउँबाट दाहाल, रुपाखेतीबाट रुपाखेती दवाडाबाट दवाडी, पराजुलबाट पराजुली, नेपा बाट नेपाल, दुल्लुबाट दुलाल, लम्सुबाट लम्साल, भुर्तिबाट भुर्तेल, रिजुबाट रिजाल, पोखराबाट पोखरेल, वडबाट वडाल, कोइरालबाट कोइराला, कट्टीबाट कट्टेल आदि ।

३) विलासपुरे राजाबाट डासुभट्टका छोरा शिवदासले रुपाखेत विर्ता पाएको भनाई र विलासपुरे शाही हालसम्म र हुनु र त्यही नजिक रुपाखेतीहरुको रुपाखेत बस्ती हालसम्म सहनुले यी भनाई सत्यको नजिक छ र पुष्टि पनि छ । (स्रोत रुपाखेती दाहाल वंशावली २०६८)

दासुभट्ट कान्छा छोरा शिवराम भए, शिवराम कान्छा छोरा वासुदेव भए, वासुदेव कान्छा छोरा वेणुमाधव भए र यिनका छोरा तुलाराम भए, तुलासामको पछिल्लो विवाह बुढेसकालमा भएकाले र त्यसतर्फ जन्मिएका छोरा लोकनाथ जन्मेको छ महिनामा मृत्यु भएपश्चात् यिनकी धर्मपत्नी पनि सती गइन् । टुहुरा भएकाले धमला थर भएका मावलीले पालनपोषण गरे । बुढेसकालमा जन्मिएकाले छोरा भएकाले त्यसपछि यिनीबाट जन्मिएका सन्तानहरुलाई बुढा दाहाल भन्न थालियो । (दाहाल वंशावली, २०७५)